सरकारले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने

नयाँ पाइला
२ हप्ता पहिले
सरकारले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहिबारबाट काठमाडौंमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्योगीहरुलाई आह्वान गरे । उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

तपार्इको प्रतिक्रिया