राप्रपाद्धारा देशभरीका स्थानीय तह अगाडि धर्ना

नयाँ पाइला
२ हप्ता पहिले
राप्रपाद्धारा देशभरीका स्थानीय तह अगाडि धर्ना

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले देशभरका नगरपालिका, उपमहानगर पालिका र महानगर पालिकाको कार्यालय अगाडि धर्ना दिएको छ ।

हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै कमल थापा नेतृत्वको राप्रपाले बिहिबार देशभरका स्थानीय तह अगाडि धर्ना दिएको हो ।

काठमाडौं महानगर पालिकाको मुल गेटमा भएको धर्ना कार्यक्रममा सहभागि हुनुभएका पार्टी अध्यक्ष थापाले सरकारी दमनबाट कुनैपनि समस्याको समाधान नहुने बताए । उनले राष्ट्रिय अखन्डताका लागि संघर्ष गरेको आफ्नो पार्टीलाई लाठी बर्साउने सरकारविरुद्ध अझ कडा रुपले प्रस्तुत् हुने चेतावनी दिएका छन् ।

यस्तै, राप्रपाले बैशाख ४ र ५ गते घरदैलो कार्यक्रम गर्ने, ६ गते धर्मनिरपेक्षविरुद्ध प्ले कार्ड जलाउने तथा ८ गते देशभरीका मुख्य मुख्य राजमार्गमा पनि धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।

तपार्इको प्रतिक्रिया