गुल्मी जिप दुर्घटनाः पूर्वसांसद भण्डारीसहित ३ जनाको मृत्यु

नयाँ पाइला
२ हप्ता पहिले
गुल्मी जिप दुर्घटनाः पूर्वसांसद भण्डारीसहित ३ जनाको मृत्यु

गुल्मी, २८ चैत । जिल्लामा भएको जीप दुर्घटनामा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित ३ जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका १ च्यानडाँडामा आज भएको सो दुर्घटनामा धुर्कोट गाउँपालिकाका ७२ वर्षीय पूर्वसासंद भण्डारीसहित ८ वर्षीय ओश्कर विक, २६ वर्षीया कौशिला थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते मालिका गाउँपालिका २ की थापाको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

तपार्इको प्रतिक्रिया