ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत

नयाँ पाइला
३ हप्ता पहिले
ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत

एजेन्सी, २१ चैत ।  ब्रेक्सिट अर्थात बेलायत युरोपियन युनियनबाट बाहिरिने प्रक्रियाका बारेमा बेलायतमा राजनीतिक सहमति जुट्न सकेको छैन । संसदमा यस सम्बन्धी गतिरोध अन्त्य गर्ने प्रयास जारी छ ।

यहि क्रममा हाउस अफ कमन्समा सांसदले ब्रेक्सिटको समयसीमा बढाउने सम्बन्धी प्रस्तावको पक्षमा मत दिएका छन् । प्रस्ताव एक मतले पारित भएको हो ।

बिना कुनै सम्झौता नै नगरि इयुबाट बाहिरिन नपरोस् भन्नका लागि अब बेलायतले समयसीमा बढाउन आग्रह गर्नेछ । समयसीमा बढाउने सम्बन्धी प्रस्तावको पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको हो ।

तपार्इको प्रतिक्रिया