दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै

नयाँ पाइला
३ हप्ता पहिले
दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै

एजेन्सी, २१ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक खेल हुँदैछ ।

आज नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ । दिल्लीमा हुने घरेलु टोली हैदरावादबीचको खेल बेलुका सवा ८ बजे सुरु हुनेछ ।

फिरोज कोट्ला स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दिल्लीले ४ खेलमा २ जित निकालेको छ ।

हैदारावादले २ जित निकालेको छ । पाँचौ स्थानको दिल्लीको ४ अंक छ । तेस्रो स्थानको हैदरावादको पनि ४ अंक रहेको छ । दिल्लीले २ खेलमा जित निकाल्दा हैदरावादले ३ खेल जितेको छ ।

तपार्इको प्रतिक्रिया