काठमाडौंमा ४ नयाँ शहरको डिपिआर गरिदै

नयाँ पाइला
३ हप्ता पहिले
काठमाडौंमा ४ नयाँ शहरको डिपिआर गरिदै

काठमाडौं, २१ चैत । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न हुने भएको छ ।

व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यकाको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी, सुर्यविनायक नगरपालिकामा १० हजार रोपनी क्षेत्रफल, ललितपुरको खोकना बुगमती दस हजार रोपनी र काठमाडौंमा दस हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण डिपिआर निर्माणको काम अगाडि बढेको छ ।

प्राधिकरणका अनुसार डिपिआरबाट प्राप्त हुने रिपोर्टको आधारमा ल्याण्डपुलिङ मार्फत नै काम अगाडि बढाइनेछ ।

तपार्इको प्रतिक्रिया