ब्रेक्जिट सम्झौता चौथो पटक अस्वीकृत

नयाँ पाइला
३ हप्ता पहिले
ब्रेक्जिट सम्झौता चौथो पटक अस्वीकृत

काठमाडौं, १९ चैत । बेलायती संसदले ब्रेक्जिट सम्झौताको मस्यौदा चौथो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको सम्झौता पटक पटक अस्वीकार भएपछि उनीमाथि राजनीतिक दवाब बढेको छ ।

ब्रेक्जिटको समयसीमा लम्ब्याउने वा बिना सम्झौता ईयूबाट बाहिरीने भन्ने विषयमा अब प्रधानमन्त्री मेले अप्रिल १२ सम्म निर्णय लिईसक्नुपर्ने छ ।

सो सम्झौतामा भएको मतदान कानूनी रुपमा बाध्यकारी नभएकाले नतिजा मान्न सरकार बाध्य नहुने बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री मेले यूरोपेली यूनियन ईयूसँग गरेको वार्तापछि सो सम्झौता तयार गरेकी थिईन् ।

तपार्इको प्रतिक्रिया