शेयर बजारमा दोहोरो अङकले वृद्धि

नयाँ पाइला
३ हप्ता पहिले
शेयर बजारमा दोहोरो अङकले वृद्धि

काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर ५० करोड आठ लाख ८१ हजार ७३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

तपार्इको प्रतिक्रिया