श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जाँदै प्रचण्ड

१ महिना पहिले
श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जाँदै प्रचण्ड

काठमाडौँ, ३ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्ने भएका छन् ।

अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनीहरु आज साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन्।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।

तपार्इको प्रतिक्रिया