विप्लवका गतिविधिमाथि सूक्ष्म निगरानी, नेता कार्यकर्तालाई पक्राउ गर्न देशभर सर्कुलर

पत्रपत्रिकाबाट
१ हप्ता पहिले
विप्लवका गतिविधिमाथि सूक्ष्म निगरानी, नेता कार्यकर्तालाई पक्राउ गर्न देशभर सर्कुलर

काठमाडौँ– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि प्रतिवन्ध लगाएसंँगै सो पार्टी स्वतः अपराधिक समूहमा परिणत भएको भन्दै प्रहरीले कारबाही अगाडि बढाएको छ ।

नेपाल प्रहरीले विप्लव समूहलाई ‘अपराधी’ को संज्ञा दिई बुधबारबाट त्यस समूहका हरेक गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवद्ध सदस्य तथा सहयोगीहरूलाई पक्राउका लागि देशरभर सर्कुलर जारी गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विप्लव समूहका नेता तथा कार्यकर्ताहरुको पक्राउका लागि मुलुकभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको जानकारी दिए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

 

तपार्इको प्रतिक्रिया