काठमाडौं उपत्यका जुनसुकै वेला भासिन सक्छः विज्ञ

नयाँ पाइला
२ हप्ता पहिले
काठमाडौं उपत्यका जुनसुकै वेला भासिन सक्छः विज्ञ

काठमाडौं, २९ फागुन । काठमाडौ उपत्यका जुनसुकै बेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अत्याधिक मात्रामा जमिनमुनिको पनी निकाल्दा पानीको सतह क्रमश घट्दै गएकाले विज्ञहरूले सो चेतावनी दिएका हुन् ।

लामो समयदेखि उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्न थालेको छ ।

जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेको छ । भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

तपार्इको प्रतिक्रिया