स्वदेश फर्कँदै सन्दीप लामिछाने

नयाँ पाइला
२ हप्ता पहिले
स्वदेश फर्कँदै सन्दीप लामिछाने

काठमाडौँ, २८ फागुन। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् ।

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले बताए।

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोड्ेको थियो । उनको टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

तपार्इको प्रतिक्रिया