केन्यामा इथियोपियन विमान दुर्घटना, १५७ जनाको मृत्यु

नयाँ पाइला
२ हप्ता पहिले
केन्यामा इथियोपियन विमान दुर्घटना, १५७ जनाको मृत्यु

नैरोबी, २६ फागुन। इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ ।

इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ । “दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।

एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेको पनि जनाएको छ ।

बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८।३८ मा विमान उडेको थियो । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।

तपार्इको प्रतिक्रिया