सीतापुरमा आगलागी, आठ लाखको क्षती

नयाँ पाइला
२ हप्ता पहिले
सीतापुरमा आगलागी, आठ लाखको क्षती

राजविराज, २६ फागुन। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित सीतापुरमा हिजो साँझ आगलागी हुँदा आठ लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय मिश्रिलाल चौधरीको घरमा अचानक आगलागी हुँदा निजको एउटा घर र छिमेकी चम्पीलाल चौधरीको एउटा, दुर्गानन्द चौधरीको एउटा भन्साघर तथा बचकुन चौधरीको घरमा आगलागी हुँदा उनीहरुको घरमा रहेको सम्पूर्ण सामानसहित घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विद्युत् चुहावट भई आगलागी हुँदा घरभित्र रहेको नगद जिन्सी, लत्ताकपडा, अन्नपात, भाँडावर्तन तथा अन्य सरसमान लगायतका करीब आठ लाखभन्दा बढीको क्षति भएको स्थानीयवासी बृजमान तमाङले जानकारी दिए।

आगोलाई स्थानीयवासी र राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएका बारुणयन्त्र तथा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीको टोलीको सहयोगमा आगो नियन्त्रण लिएको थियो ।

तपार्इको प्रतिक्रिया