स्वास्थ्य शिविरमा ६४९ जनाले लिए सेवा

नयाँ पाइला
२ हप्ता पहिले
स्वास्थ्य शिविरमा ६४९ जनाले लिए सेवा

फिदिम, २६ फागुन। याङवरक गाउँपालिकाको सहयोगमा पाँचथरको थर्पुमा आयोजित स्वास्थ्य शिविरमा ६४९ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

बाँस्कोटा समाज नेपाल केन्द्रीय समिति र जिल्ला कार्यसमिति पाँचथरले शनिबार आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका तथा ताप्लेजुङको पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकाका स्थानीयवासीले सेवा लिएका हुन् ।

उक्त निःशुल्क स्वास्थ्य परीक्षण शिविरलाई बी एण्ड सी अस्पताल विर्तामोड, झापा तथा समर्पित अस्पताल फिदिम, पाँचथरले प्राविधिक सहयोग गरेको समाजका कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले बताए।

उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा सुनील शाह र सङ्गीता राई तथा सर्जन डा वासुदेव बाँस्कोटा, छाला तथा यौन रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटा र फिजिसियन डा उमेश ढुङ्गाना तथा डा राजेन्द्र श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

यस्तै बाल रोग विशेषज्ञ डा रुपक आचार्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा राजीवकुमार शाह, नाक, कान, घाँटी रोग विशेषज्ञ डा धर्मकान्त बाँस्कोटा र रोडियोलोजिस्ट डा सुमनकुमार श्रेष्ठ लगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरी परामर्श दिएका थिए। उक्त स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इसिजी र ल्याब सेवासमेत निःशुल्क सञ्चालन गरिएको थियो ।

स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले दुर्गम ग्रामीण क्षेत्रका लागि यस प्रकारका शिविरहरु आवश्यक रहेको बताउँदै यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने वताए।

तपार्इको प्रतिक्रिया