करेन्ट लागेर मृत्यु

नयाँ पाइला
२ हप्ता पहिले
करेन्ट लागेर मृत्यु

भादगाउँ, २३ फागुन। भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा छुक्काको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपार्इको प्रतिक्रिया