अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

नयाँ पाइला
२ हप्ता पहिले
अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ, २३ फागुन। प्रहरीले अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँका २३ को बुद्धिमान तामाङ र बर्ष ३६ को संजय तामाङ रहेका छन्।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पोस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थानसहित गए राती पक्राउ गरेको हो।

हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपार्इको प्रतिक्रिया