धरानबाट लागुऔषध सहित चार जना पक्राउ

नयाँ पाइला
३ हप्ता पहिले
धरानबाट लागुऔषध सहित चार जना पक्राउ

सुनसरी, २२ फागुन । सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुनेबाट ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान(१५ का ३६ बर्षीय बिकास लामा, धरान-६ बस्ने २४ बर्षीय दिनेश खड्का, धरान-५ बस्ने ३७ बर्षीय जस बहादुर राई र धरान-६ बस्ने बर्ष २४ का बिभष तामाङलाई ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र १ बोतल डाईलक्स डि.सी. रहेका छन्।

गएराती अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा उब्त परिमाणको लागु औषध बरामद गरेको हो।

पक्राउ परेकासबैलाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपार्इको प्रतिक्रिया