सालकको खपेटा सहित दुई जना पक्राउ

नयाँ पाइला
३ हप्ता पहिले
सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं, २२ फागुन। प्रहरीले सालकको खपेटा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्वयम्भु बस्ने सिन्धुपाल्चोक विशंखु गाउँपालिका-१ का ३१ वर्षीय राज लामा र धादिङ निलकण्ठ नगरपालिका-४ बसाहा घर भई हाल चौमती बस्ने ३० वर्षीय विशाल सुनार रहेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका–२६ मित्रनगर मैत्रीटोलबाट १ किलो ७७ ग्राम सालकको खपेटा सहित पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका(१५ हलचोक नजिकै केही मानिसहरुले सालकको खपेटा विक्री वितरण गर्नको लागि हिंडिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपार्इको प्रतिक्रिया