फुटबल प्रतियोगिता हुने

नयाँ पाइला
३ हप्ता पहिले
फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन। नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ ।

गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।

झण्डै १५ टिमको सहभागिता रहने सो प्रतियागिताको विजेता टिमले ट्रफिसहित रु तीन लाख र उपविजेता टिमले रु एक लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक खेलाडीले रु १०/१० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘म्यान अफ द म्याच’ पुरस्कार दुई हजार पाँच सय तोकिएको छ ।

तपार्इको प्रतिक्रिया