काभ्रेमा बलेरो दुर्घटनाः चालकसहित ५ जना घाईते

नयाँ पाइला
३ हप्ता पहिले
काभ्रेमा बलेरो दुर्घटनाः चालकसहित ५ जना घाईते

काठमाडौँ, २१ फागुन। धुलिखेल नगरपालिका९८ पकुचामा बोले दुर्घटना हुँदा बलेरोमा सवार चालक सहित ५ जना घाईते भएका छ्न।

अरनिको राजमार्ग अन्तर्गत काठमाडौबाट पाँचखाल तर्फ जाँदै गरेको बा१५च ८५ ६५ नं.को बलेरो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा सो दुर्घटना भएको हो।

घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। गाडी घटनास्थलमा नै रहेको र आवश्यक अनुसन्धान भईरहेको बताइएको छ।

तपार्इको प्रतिक्रिया