समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिकाः उपसभामुख शर्मा

नयाँ पाइला
३ हप्ता पहिले
समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिकाः उपसभामुख शर्मा

पोखरा, २१ फागुन। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उनले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिए।

जनअपेक्षाअनुरूप गरिने गतिविधिले सङ्घीय व्यवस्था बलियो हुने बताउँदै उनले त्यसका लागि तीनवटै सरकार जिम्मेवार भएर विकास निर्माणमा जुट्नुपर्ने उल्लेख गरे।

पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बरालले घारीपाटन क्षेत्रलाई आगामी तीन बर्षभित्र धुले माटोरहित बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माण वडावासीको सहयोग आवश्यक रहेको उल्लेख गरे।

महानगर सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले क्लबले गर्ने प्रत्येक गतिविधिले युवावर्गलाई कुलतमा लाग्नबाट जोगाउन सहयोग पुग्ने उल्लेख गरे ।

तपार्इको प्रतिक्रिया