कर्णाली प्रदेश प्रिमियर लिग सिजन टु बैशाखमा हुने

नयाँ पाइला
३ हप्ता पहिले
कर्णाली प्रदेश प्रिमियर लिग सिजन टु बैशाखमा हुने

सुर्खेत, १९ फागुन । कर्णाली प्रदेशको सर्वाधिक राशीको कर्णाली प्रदेश प्रिमियर लिग बैशाखमा हुने भएको छ। कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा केपीएलको सिजन टु, टी २० क्रिकेट प्रतियोगिता बैशाखमा वीरेन्द्रनगरमा हुने भएको जनाइएको छ ।

सिजन एक सफलतापूर्वक सम्पन्न भएपछि य सवर्ष पनि प्रतियोगिताको निरन्तरता दिइएको एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। आइतबार प्रतियोगिताको मिति सार्वजनिक गर्दै एकेडेमीले पहिलेको भन्दै पुरस्कार राशी र सहभागी टिमहरुको संख्यासमेत वृद्धि हुने जनाएको छ। बैशाख १२ देखि २१ गतेसम्म वीरेन्द्रनगर रंगशालामा प्रतियोगिता संचालन हुनेछ।

कर्णालीमा स्तरिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक राशीको हो । प्रतियोगितामा १० वटा टिमको सहभागीता रहने टुंगो लागेको प्रिमियर लिगका संयोजक रेशम शाहीले जानकारी दिए । कुल ६० लाख खर्च अनुमान गरिएको प्रतियोगितामा तीनवटा विभागिय टिम, एउटा घरेलु टोली र अन्य राष्ट्रिय स्तरका क्लबहरुको सहभागिता रहने शाहीले बताए।

यसपटकको प्रतियोगितालाई बढी आकर्षक बनाउन प्रत्येक टिममा दुईजना विदेशी खेलाडीलाई समेत समावेश गराउन पाइने भएको छ। गत वर्ष स्टेडियम नहुँदा फुटबल ग्राउन्डमा खेलाइएको प्रतियोगिता यसवर्ष पनि सोही वीरेन्द्रनगर रंगशालामै हुने भएको छ ।

तपार्इको प्रतिक्रिया