इरानको राजधानी तेहरानमा बस दुर्घटनाः आठ जनाको मृत्यु

नयाँ पाइला
३ हप्ता पहिले
इरानको राजधानी तेहरानमा बस दुर्घटनाः आठ जनाको मृत्यु

तेहरान, १७ फागुन। इरानको राजधानी तेहरान नजिक आज भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।

इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताए।

तपार्इको प्रतिक्रिया