‘क्याप्टेन’ र ‘द ब्रेकअप’ प्रदर्शनमा, अनमोल र आशिरमानमा कस्ले मार्ला बाजी ?

नयाँ पाइला
३ हप्ता पहिले
‘क्याप्टेन’ र ‘द ब्रेकअप’ प्रदर्शनमा, अनमोल र आशिरमानमा कस्ले मार्ला बाजी ?

काठमाडौँ, १७ फागुन। दुई ठूला र प्रतिक्षीत फिल्म ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ आजबाट हलमा उत्रिएका छन् । दर्शकले रुचाएका निर्देशक हेमराज बीसीको ‘द ब्रेकअप’ र युवा पुस्तामा लोकप्रिय अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ आजबाट प्रदर्शनमा आएका हुन् ।

महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएका दुई फिल्मको भिडन्तको चर्चा फिल्मी उद्योगमा मात्र नभएर दर्शकहरुबीच पनि चलिरहेको छ।

‘क्याप्टेन’ सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलावा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सूर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सामिप्यराज तिमिल्सेनाको कथा रहेका ‘क्याप्टेन’मा , निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डीओपी, दीर्घराज खड्काको सम्पादन छ ।

सिनेमा ‘द ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । बीसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुति रहेको सिनेमामा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ ।

सिनेमालाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने नरेन मैनालीको डीओपी र सुरेन पौडेलको सम्पादन रहेको छ ।

तपार्इको प्रतिक्रिया