गाडी बिग्रँदा हुम्ला बिमान स्थलको हिउँ पन्छाउन सकेन

राजन रावत
३ हप्ता पहिले
गाडी बिग्रँदा हुम्ला बिमान स्थलको हिउँ पन्छाउन सकेन

हुम्ला, १६ फागुन। सिमकोट बिमान स्थलमा रहेको नागरिक उड्डयान प्राधिकरणको गाडी बिग्रदा बिहीबार मौसममा सुधार आए पनि हिउँ पन्छाउने कार्य हुन सकेन । अघिल्लो हिमपातको वेला हिउँ पन्छाउने क्रममा सो गाडीको इन्जिनमा खराबी आउदा गाडी बन्द रहेकोले हिउँ फाल्ने काम हुन नसकेको हो ।

बिमान स्थलमा बाक्लो हिउँ जमेपछि आज हवाई सेवा सुचारु हुन सकेन । हिउँ फाल्ने गाडी संचालनमा नआए पछि बिहीबार नयाँ भैरबी दल गुल्म रानी बनले बिमान स्थलको एप्रोनको केही भागमा हिउँ फाल्ने काम गरेको छ ।

भोली मानिसबाटै हिउँ फाल्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकराी माधब प्रसाद ढुगानाले बताए। यसका लागि गाउँपालिका, कार्यालयका कर्मचारीहरु, उद्योग बाणिज्य संघ, निर्माण ब्यबसायी, होटेल व्यवसायी, संचारकर्मी सबैलाई हिउँ फाल्न आउन आग्रह उनले आग्रह गरेका छन्।

सो हिउँ पन्छाउन नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरीको पनि उपस्थिती रहने भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा एघारौं पटक भारी हिमपात भएर बिमान स्थलमा एक फिट हिउँ जमेको छ ।

तपार्इको प्रतिक्रिया