एक महिनादेखि वर्ड लिंकको सेवा अबरुद्ध

राजन रावत
४ हप्ता पहिले
एक महिनादेखि वर्ड लिंकको सेवा अबरुद्ध

हुम्ला, १५ फागुन। कर्णाली प्रदेशको साबिकको कर्णाली अञ्चलका जिल्लामा इन्टरनेट सेवा प्रदान गर्ने जिम्मेवारी पाएको वल्र्ड लिंक सेवाको नेटवर्क एक महिना देखि अबरुद्ध रहदै आएको छ ।

हुम्ला जिल्लाका चंखेली गाउँपालिका र सदरमुकाम सिमकोटका तीन स्थानमा सेवा प्रबाह गर्दे आएकोमा भए पनि एक महिना देखि अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । आफ्नो सेवालाई प्रभाबकारी वल्र्ड लिंकले वनाउन नसकेको गुनासो आई रहेको छ ।

सदरमुकामको सिटिजन्स बैंक, जिल्ला अस्पताल र सिमकोट गाउँपासिलका वडा नम्बर पाँचमा एक एक लाईन सेवा प्रबाह हुँदै आएको थियो । सिटिजन्स बैंकमा व्यवसायीक सेवा भए पनि अस्पताल र वडा कार्यालय तथा चंखेली गाउँपालिकामा भने निशुल्क रुपमा एक वर्षका लागि सेवा प्रबाह गर्ने सहमति अनुसार सेवा दिदै आएको थियो ।

यसले गर्दा सिटिजन्स बैंकमा काम गर्न कठिन भएको थियो । यस सम्वन्धमा वल्र्ड लिंकले फागुन अन्तिममा मात्र सेवा सुचारु हुने जनाएको छ । कुन स्थानमा सेवा अबरुद्ध भएको हो स्पष्ट रुपमा जानकारी प्राप्त भएको छैन् ।

तपार्इको प्रतिक्रिया