राष्ट्रपतिले शुभारम्भ गरिन् छोरी शिक्षा बीमा मुद्दती खाता

४ हप्ता पहिले
राष्ट्रपतिले शुभारम्भ गरिन् छोरी शिक्षा बीमा मुद्दती खाता

वीरगञ्ज, ९ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गरकी छिन्।

प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब ८९ करोड विनियोजन गरेको छ ।

राष्ट्रपति भण्डारीले भने, “आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।”

प्रदेश नं २ को सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसेढुङ्गा सावित हुने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताए।

उनले महिलाले सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदै समाजमा व्याप्त दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्नु आजको आवश्यकता रहेकामा उनले जोड दिइन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रभु बंैक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गरिन् ।

तपार्इको प्रतिक्रिया