अस्ट्रियाकी विदेशमन्त्री किनाइसल आज नेपाल आउँदै

नयाँ पाइला
४ हप्ता पहिले
अस्ट्रियाकी विदेशमन्त्री किनाइसल आज नेपाल आउँदै

काठमाडौँ, ९ फागुन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा अस्ट्रियाकी विदेशमन्त्री करिना किनाइसल तीन दिने भ्रमणका लागी आज नेपाल आउँदै छन्। उनी १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन्।

अस्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको बताइएको छ। भ्रमणका क्रममा नेपाल र अस्ट्रियाबीच प्रतिनिधि मण्डल स्तरीय बैठक हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा विदेशमन्त्री किनाइसलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

तपार्इको प्रतिक्रिया