प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने

नयाँ पाइला
१ महिना पहिले
प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने

धनगढी, ५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएको छ । सो जानकारी प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले दिएका हुन्।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उनी र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्ने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए।

तपार्इको प्रतिक्रिया