अवैध लागुऔषधसहित एक जना पक्राउ

नयाँ पाइला
१ महिना पहिले
अवैध लागुऔषधसहित एक जना पक्राउ

बनियानी, २६ माघ। भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरीले हिजो लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

भद्रपुर वडाप्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजारमा हिँडिरहेका भद्रपुर–७ का १९ वर्षीय सन्देश यादवको शरिर जाँच गर्दा उनको साथबाट लागुऔषध फेनारागन, लुपिजेसिक, डाइजोपाम १०/१० एम्पुल र नाइट्रोजन ४८ ट्याब्लेट बरामद गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपार्इको प्रतिक्रिया