सवारी दुर्घटनामा एक जनाको मृत्यु

नयाँ पाइला
१ महिना पहिले
सवारी दुर्घटनामा एक जनाको मृत्यु

बनियानी, २६ माघ। बिर्तामोड नगरपालिका–९ स्थित नरियाबारीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–१० का १८ वर्षीय मङ्गल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार शुक्रबार नरियाबारीबाट हल्दिबारीतर्फ जाने क्रममा मे९प ७७४१ नंको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बेलको रुखमा ठोक्किँदा चौधरीको मृत्यु भएको थियो ।

दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार बिर्तामोड–२ का १८ वर्षीय विशाल दास र २० वर्षीय नवीन कटुवालसमेत सख्त घाइते भएका छन्।

घाइते दुवैको बिर्तामोड बीएण्डसी अस्पतालमा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपार्इको प्रतिक्रिया