श्रीमती घरमा नहुँदा बाबुले गरे १२ वर्षीया छोरीको बलात्कार

नयाँ पाइला
१ महिना पहिले
श्रीमती घरमा नहुँदा बाबुले गरे १२ वर्षीया छोरीको बलात्कार

काठमाडौँ, २४ माघ। अर्घाखाँची, शीतगंगा नगरपालिकाको वडा नम्बर–६,मा आफ्नै बाबुले १२ वर्षीया छोरीको बलात्कार गरेका छन्। श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ।

बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

श्रीमतीका अनुसार श्रीमानले आफू आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेको बताएका हुन् ।

आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना वाहिर आएको हो ।

आफ्नै बाबु भएकाले आरोपीको नाम,थर गोप्य राखी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए। ।

तपार्इको प्रतिक्रिया