बैतडीको दोगडाकेदारमा मोबाइल एप्स सुचारु

२ महिना पहिले
बैतडीको दोगडाकेदारमा मोबाइल एप्स सुचारु

बैतडी, २३ माघ। बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले बताए। एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ ।

गाउँपालिकाका कामबारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।

तपार्इको प्रतिक्रिया