प्रधानमन्त्री ओलीलाई महासघंले बुझायो ज्ञापनपत्र

नयाँ पाइला
२ महिना पहिले
प्रधानमन्त्री ओलीलाई महासघंले बुझायो ज्ञापनपत्र

लहान, २० माघ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय कृषक समूह महासघं नेपालले ज्ञापनपत्र बुझाउँदै सुनकोशी –कमला डाइभर्सन सिँचाइ आयोजना सञ्चालन गर्न माग गरेको छ।

शहीद हेमनारायण यादवको १५औँ स्मृतिसभामा सहभागी हुन शनिबार सिरहा आइपुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

सिरहासहित छिमेकी जिल्लामा सिँचाइ सुविधा पु¥याउन र कृषि क्षेत्रलाई व्यवसायीमुखी र आत्मनिर्भर बनाउनका लागि सुनकोशी–कमला डाइभर्सन सिँचाइ आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल प्रदेश नं २ का अध्यक्ष मुक्तिनारायण यादवले बुझाएका सो ज्ञापनपत्रमा किसानले चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नपाएकाले भुक्तानी गराउनुपर्ने, नमूना करार खेतीलाई तराई क्षेत्रका सबै स्थानीय तहमा लागू गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई साना किसानमैत्री बनाई कार्यान्वयन गर्नुपर्ने र जङ्गली जनावरबाट व्यापक बालीनालीको क्षति हुँदै आएकाले जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

तपार्इको प्रतिक्रिया