अमेरिकाले हुवाई कम्पनी र त्यसका व्यवस्थापकविरुद्ध मुद्धा दायर गर्यो

नयाँ पाइला
२ महिना पहिले
अमेरिकाले हुवाई कम्पनी र त्यसका व्यवस्थापकविरुद्ध मुद्धा दायर गर्यो

एजेन्सी, १५ माघ । अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवाईका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि मुद्धा दायर गरेको छ। अमेरिकाले फौजदारी अपराधको अभियोगमा उनीमाथि मुद्दा दायर गरेको हो ।

अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा मुद्दा दायर गरेको छ।

हुवाई कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ गरिएको थियो । उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विरुद्ध काम गरेको आरोप लगाइएको थियो । सो घटनाले चीन, क्यानडा र अमेरिकाबीचको सम्बन्ध चिसिएको थियो ।

क्यानडाले चीनका लागि आफ्ना राजदूतलाई बर्खास्त गरेको भोलिपल्टै अमेरिकाले हुवाई र मेङ्माथि मुद्धा दायर गरेको हो । हुवाई कम्पनी र मेङ्ले भने आरोप अस्वीकार गरेका छन् । अमेरिकाले भने हुवाई कम्पनीविरुद्ध विभिन्न २३ वटा आरोप लगाएको छ ।

तपार्इको प्रतिक्रिया