जापानको २० सदस्यीय प्रतिनिधिमण्डल टाेली नेपाल आउँदै

नयाँ पाइला
२ महिना पहिले
जापानको २० सदस्यीय प्रतिनिधिमण्डल टाेली नेपाल आउँदै

काठमाडाैँ, ४ माघ। जापानको कृषि तथा वन मन्त्रालयको २० सदस्यीय प्रतिनिधिमण्डल टाेली नेपालको औपचारिक  भ्रमणमा आउने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार प्रतिनिधिमण्डल टाेलीले माघ ८ देखि ११ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने छ ।

जापानी प्रतिनिधिमण्डलको नेतृत्व कृषि तथा वन मन्त्रालयको अन्तराष्ट्रिय मामिला हेर्ने उप महानिर्देशक ताकामी नाकाडाले गर्ने दुतावासले जनाएकाे छ । प्रतिनिधिमण्डलमा जापानी विज्ञ र व्यापारी पनि सहभागी हुने दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जापानी प्रतिनिधिमण्डल माघ १० गते हुने ‘नेपाल–जापान व्यापार साझेदारी तथा नेटवर्क बैठकमा पनि सहभागी हुनेछ । क्षेत्रीय खाद्य स्रोतको मूल्य, गुणस्तर मापन गर्न पनि भ्रमणले सघाउने जनाइएको छ । कृषि क्षेत्रमा लगानी र व्यापारको वातावरण अभिवृद्धि गर्न समेत भ्रमणको बेला छलफल हुने बताईएको छ ।

तपार्इको प्रतिक्रिया