कर्णाली प्रदेशमा अपराधिक घटना अन्यत्रभन्दा कम छः कर्णाली प्रदेश प्रहरी नायव महानिरीक्षक शाह (संवाद)

राजन रावत
४ महिना पहिले
कर्णाली प्रदेशमा अपराधिक घटना अन्यत्रभन्दा कम छः कर्णाली प्रदेश प्रहरी नायव महानिरीक्षक शाह (संवाद)

कर्णाली प्रदेश भुगाेल र भाैतिक पूर्वाधारलगायत शिक्षा, स्वास्थ्यमा निकै पछि परेकाे क्षेत्र हाे । यहाँकाे मानव सूचकांक मुलुककाे अन्य क्षेत्रभन्दा दयनीय छ । तर, यहाँकाे सामाजिक सुरक्षा अन्यत्र भन्दा केही सुधारात्मक देखिएकाे बताइएकाे छ । यसाे हुनुका कारण तथा यस प्रदेशका समग्र सुशासन कायम राख्नका लागि गर्न सकिने थप काम अरू के हुन सक्छन् ? जिल्लाकाे शान्ति सुरक्षा, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण गर्न हुम्ला पुगेकाे बेला समग्र कर्णाली प्रदेशको सुरक्षा स्थितीको बारेमा प्रहरी नायव महानिरीक्षक महेश विक्रम शाहसँग  हाम्रा हुम्ला सहकर्मी राजन रावतले गरेको कुराकानीकाे सम्पादित अंश ।

 हुम्ला जिल्लामा आउनुकाे मुख्य उदेश्य के हो  ?

हुम्ला जिल्लाको अनुगमन गर्न आउनुको मुख्य उदेश्य भनेको जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण गर्नु मुख्य  हो  । यो संगै प्रहरी अधिकृत देखि जवानहरुको बारेमा बुझ्न, प्रहरी गर्ने कार्य सम्पादनका बारेमा पनि जानकारी लिनु, नागरिक सुनुवाईमा सहभागिता जनाउनु जस्ता कुराहरु रहेका छन् ।  त्यसै गरि हुम्ला स्थित प्रहरी युनिटको अवस्था, समस्याका वारेमा जनाकारी लिनु जस्ता कुराहरु पनि रहेका थिए । आएको प्रतिकृया र समस्याहरु माथि सुनुवाई गर्नु पनि रहेको हो । नागरिक सुनुवाई कार्यक्रम मार्फत जनतासंग भेटघाट भएपछि प्रहरीका बारेमा पनि जानकारी पाउने अपेक्क्षा राखिएको छ । प्रहरीलाई राम्रो कामको आफै उपस्थिती भएर प्रशंसा गर्नु र गल्ती गरेको पाईएमा त्यसलाई सुधार गराउनु जस्ता कुराहरु रहेका छन् । यो एक प्रकारको नियमित प्रकृया पनि हो । कर्णाली प्रदेश प्रहरीको वार्षिक कार्यक्रम अनुसार निरीक्षणमा आईएको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्लाहरुको निरीक्षणका लागि जिल्ला दौडाहमा निस्किनु भएको छ  । स्थलगत रुपमा पनि निस्कीनु भयो । शान्ति सुरक्षाको अवस्था कस्तो पाउनु भयो ?

यो निरीक्षणबाट एउटा कुरा यो पक्षलाई पनि नजिकबाट नियालेर पत्ता लगाउनु पनि हो । कर्णाली प्रदेशमा हिमाली र पहाडी जिल्लाहरु रहेका छन् । समस्या जिल्लागत रुपमा पनि रहेका छन । अपराधिक घटनाहरु  फरक पनि छन । समस्या रहित प्रहरी र नागरिक हुनै सक्दैन । समस्याहरु कतै यातायातको छन भने कतै श्रोत साधनको समस्या छ । कतिपय जिल्लामा अनुसन्धानका लागि नयाँ प्रविधिका साधन छैनन् । यो देशै भरिको समस्या हो । त्यसमा पनि बिशेष गरेर कर्णालीको प्रहरी प्रबिधि मैत्री हुन सकेको छैन । त्यसै गरि आबश्यक संरचना पनि निर्माण गर्न समस्या छ । कतै भौतिक संरचना छैनन, धेरै प्रहरी कार्यालय आफ्नै भवनमा वसेका छैनन । सबै भाडामा घरमा कार्यालय स्थापना गरेर वसेका छन् । अर्को कर्णाली प्रदेशको ठुलो समस्या भनेको भौगोलिक बिकटता हो । यसले गर्दा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ ।

अपराधिक घटनाहरुको अवस्था हेर्दा कर्णाली प्रदेशको स्थिती कस्तो छ ?

देशका सात वटा मध्येे कर्णाली प्रदेशमा सबै भन्दा कम अपराधिक घटना भएको प्रदेशका रुपमा रहेको छ । तुलनात्मक रुपमा अपराधिक घटनाहरु अन्य प्रदेश भन्दा कम भए पनि कर्णाली प्रदेशमा यस्ता घटनाहरु छैनन भन्ने होईन । कर्णालीका १० जिल्लाहरुको स्थलगत निरीक्षण पछि अपराधिक घटना हुनुमा कर्णाली प्रदेशमा मुख्य कारण मदिरा रहेको र अब कर्णालीबाटै मदिरा निषेधित क्षेत्र घोषणा अभियानका  लागि प्रदेश सरकारसंग पहल गरेर कार्य योजना चाडै निर्माण गरिने छ । अन्य प्रदेश भन्दा कर्णली प्रदेशलाई अपराधीक घटनाक्रमदेखि सुन्ने सहनशीलताको नीति अवलम्बन गर्ने कार्यक्रममा कर्णाली प्रदेश प्रहरीको आगामी योजना रहेको छ । त्यसैका लागि  जिल्ला डौदाहामा लागिएको हो । १० वटै जिल्लामा पुगी सकेको र कर्णालीको सुरक्षा कार्ययोजनाका सम्बन्धमा बिज्ञहरुसंगको छलफल पछि ठोस योजना ल्याईने छ । अर्को कुरा समुदाय र प्रहरी मिलेर मात्र समाजमा शान्ति सुरक्षा अमन चयन संभब हुने कुरालाई नकार्न सकिदैन ।

कर्णाली प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आगामी कार्ययोजना के बन्छ त ?

अब  आगामी कार्य योजना प्रहरी समुदाय  साझेदारी कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउनेतर्फ केन्द्रीत हुनेछ । यो कार्यक्रम अन्ततर्गत जिल्ला, वडा र टोलस्तरमा समिति गठन हुनेछन् । त्यसै गरि विद्यालय स्तरमा पनि समिति बन्ने छन । प्रहरीमा यसका लागि प्रशिक्षकहरु तयार भै सकेको अवस्था छ । यसले गर्दा यो साझेदारी कार्यक्रमले प्रहरी, जनता र जनप्रतिनिधिहरुको आ आफ्नो भुमिका, जिम्मेवारी र दायित्वको बोध हुनेछ । आफ्ना समस्या के हुन भन्ने कुरा समुदाय आफैले पहिचान गर्नेछन् । त्यसै गरि सबै जिल्लाका प्रहरी प्रमुखलाई नागरिक सुनुवाईलाई टोल स्तरसम्म संचालन गर्नका लागि निर्देशन दिएको छु । यसले गर्दा प्रहरी र जनताबिच धेरै कुराहरु प्रस्टिन्छन । बिकासका लागि सुरक्षा पुर्ब सर्त भएको कारण यसतर्फ पनि सुरक्षाकर्मी मात्र नभएर जनप्रतिनिधि, राजनीति दलहरु, नागरिक समाज, महिला समुह, संचारकर्मीले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने देखिन्छ । कर्णाली बिकट नभएर प्राकृतिक श्रोतको निकट रहेकोले यसबाट सुरक्षाकर्मी र समुदाय मिलेर यसको बढि उपभोग गर्नेतर्फ लाग्दा कर्णालीको सम्बृद्धि टाढा देखिदैन ।

कर्णाली प्रदेशमा अपराधिक घटना हुनुमा मुख्य कारण के लाई देख्नु भएको छ ?

सबै जिल्लामा अपराधिक घटनाहरुका लागि मदिरा मुख्य कारण रहेको पाईएको छ । अब कर्णाली प्रदेशलाई मदिरा नियन्त्रण गर्नका लागि प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयसंगको छलफल पछि यसलाई अगाडी बढाईने छ । यसलाई नियन्त्रण गर्न सकियो भने धेरै घटनाहरु नियन्त्रण हुने देखिएको छ । त्यसै गरि कर्णाली प्रदेश अहिले लागु औषधबाट पनि आक्रान्त हुनै लाग्या छ । जिल्लागत रुपमा यो फरक फरक रुपमा अगाडी बढि रहेको छ । यसलाई  नियन्त्रण गर्नु पनि उत्तिकै जिम्मेवारी छ । त्यसै गरि कर्णालीमा आत्म हत्या गर्ने प्रबृति पनि बढि छ । यसलाई न्यूनिकरण गर्न पनि उस्तै समस्या छ ।

मदिरा नियन्त्रण संभव पनि छ तर चुनौती पनि त्यत्तिकै हाेलान् नी ?

त्यो संभावना छ । त्यसलाई पुरा गर्न प्रत्येक नागरिक सभ्य र शिक्षित हुनु आबश्यक छ । प्रत्येक नागरिक चेतनशील हुनु आबश्यक छ । ब्यक्तिका पृष्ठभूमी र धरातलहरु फरक हुन्छन् । यस्ता कुरा नियन्त्रणका लागि प्रयास जारी राख्नु पर्छ । यसले एक दिन अबस्य पनि सफलता पाउने कुरामा शंका छैन ।

अब सुरक्षा र बिकासलाई संग संगै लैजानका लागि के गर्नु पर्छ ?

बिकासका लागि सुरक्षा अति आबश्यक छ । सुरक्षा बिना बिकास संभब पनि देखिदैन । यसका लागि बिकासका सोझादरहरुले प्रहरीलाई समन्वय गर्नु आबश्यक छ । यसका लागि कतिपयले समन्वय गरेको र कतिले गरेको पाईदैन । बिकास सुरु गर्नका लागि देखिएका समस्याहरु प्रहरीलाई जानकारी गराउन आबश्यक छ । यसका लागि बढि स्थानीय जनप्रतिनिधिहरु  सचेत र सजक हुनु आबश्यक देखिन्छ । अर्को कुरा हामीका प्रसस्त मात्रामा प्राृकतिक श्रोतहरु रहेका छन । यसलाई जथाभाबी संकलन र उत्खनन गर्नु हुँदैन । यसलाई नियन्त्रण गर्नु प्रहरीको दायित्व पनि हो तर पनि सम्बन्धित निकाय यसको संरक्षणका लागि लागेको देखिदैन ।

सिमा छलेर अबैध रुपमा निकासी तथा पैठारी हुने कुरा नियन्त्रणका लागि के गर्नु पर्ला ?

यस्ता कुरा सिमा जोडिएका जिल्लाहरुमा केही रुपमा सुनिएको छ । यसलाई नियन्त्रण गर्न स्पष्ट रुपमा निर्देशन दिई      सकिएको छ । यसलाई नियन्त्रण गर्न नागरिक स्तरमा पनि जनचेतना फैलाउनु आवश्यक छ । प्रहरी एक्लैले मात्र यो संभब देखिदैन । भौगोलिक बिकटता पहिलो समस्या हो । प्रहरी आफ्नो ठाँउमा कडा रुपमा प्रस्तुत हुने कुरामा द्विविधा छैन् ।

प्रहरी बिभिन्न सयमा बिभिन्न अभियानहरु संचालन गर्दै आएको नि प्रहरी  किन होला ?

यो ल्याउनुको मुख्य उदेश्य भनेको जनता र प्रहरीको सम्बन्ध प्रगाढ बनाउनुु हो । प्रहरी प्रति जनताको बिस्वास बढाउनु हो । जबसम्म प्रहरी जनताको बिस्वासका लागि खरो रुपमा उत्रिदैन तबसम्म प्रहरी सफल हुँदैन । त्यस्तै बिभिन्न अभियानहरु प्रहरी संचालन गर्दै आएको छ । यसको काम भने नागरिक प्रहरी मिल्नु पनि हो । जसले गर्दा समाजमा शान्ति सुव्यवस्था, अमन चयन कायम हुन्छ ।

अन्त्यमा, के भन्न चाहनु हुन्छ ?

म जता पनि जान्छु, कर्णाली प्रदेश बिकट होईन । यो प्राकृतिक श्रोत र साधनले निकट छ । विकटलाई सम्झेर निरास हुनु आबश्यक छैन । प्राकृतिक श्रोतहरु बिकट मै हुन्छन् । यो कसरी भयो भन्ने कुरामा सचेत हुनु आबश्यक छ ।  बाहिरको मानिस आएर बिकास गरि दिदैन । यो प्रदेश भोली सबै भन्दा सम्बृद्ध प्रदेश हुनेछ । प्रहरी कर्णाली प्रदेशको सम्बृद्धिका लागि जहिले पनि तत्पर भएर लाग्ने छ ।  प्रहरीलाई सहयोग गरेमा कर्णालीलाई अपराधिक घटना हुने कुरामा नमीन प्रदेश बनाउन सकिन्छ ।

तपार्इको प्रतिक्रिया